रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय निर्णयविरुद्धको रिटमाथि बहस नसकिएपछि बिहीबारका लागि पेसी तोकिएको छ।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा राखिएको छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा मंगलबार पनि बहस नसकिएपछि थप सुनुवाइका लागि बिहीबारको पेसी तोकिएको हो। सोमबारदेखि शुरू भएको सुनुवाइमा रिट निवेदकतर्फको बहस मंगलबार सकिएको छ भने बिहीबारदेखि सरकारी वकिलले बहस गर्ने छन्।
यसअघि, न्यायाधीशद्वय सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले चैत ५ गते लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको थियो। सोहीअनुसार सोमबारदेखि नियमित सुनुवाइ प्रक्रिया शुरू भएको हो। त्यसअघि न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले पनि चैत १ गतेका लागि निवेदन पेश गर्न आदेश दिएको थियो।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा दर्ता गरिएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्। उक्त निर्णय कानूनविपरीत भएको दाबी गर्दै युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
