काठमाडौँ महानगरपालिका-१६ बालाजु चोकबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित तीन जना र मोरङको पथरीबाट एक जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ- काठमाडौँ महानगरपालिका-१६ बालाजु चोकबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १८ ग्राम, ५६ हजार नेपाली रुपैयाँ र २ हजार ८०० भारतीय रुपैयाँसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धनुषा धाम नगरपालिका-९ घर भएका १९ वर्षीय आदित्य मण्डल, ४१ वर्षीय शम्भु कार्की र भारत सितामणि घर भएका २७ वर्षीय जितु कुमार रहेका छन्। प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
त्यस्तै, मोरङको पथरी शनिश्चरे नगरपालिका-२ छिमेकीलाईबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २१० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्राम डोल ७० ट्याब्लेटसहित सोही ठाउँ बस्ने सुनसरी इटहरी उपमहानगरपालिका-१६ बालग्राम चोक घर भएका २९ वर्षीय सुनिल खड्कालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
