कस्तो रहला आजको मौसम?

गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ।

कस्तो रहला आजको मौसम?
फाइल तस्वीर

काठमाडौँ- नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभाग तथा बागमती प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ। तराई भूभागमा मौसम मुख्यतया सफा रहको छ। गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ, पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।  कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। 

आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। पहाडी तथा तराई भूभागमा आँशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभाग तथा बाँकी हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ