राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशखयता भएका विपद्का घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन्।
काठमाडौँ- गत वैशाख १ गतेदेखि हालसम्म देशभर ७ हजार २३१ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का ती घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन्। यस अवधिमा चार सय ७९ जनाको निधन भएको छ भने ३८ जना बेपत्ता भएका छन्।
यस्तै, एक हजार ८०० जना घाइते भएका छन्। प्राधिकरणले दिएको जानकारीअनुसार यस अवधिमा तीन हजार ४८० वटा आगलागीका घटना भएका छन्। यस्तै, बाढीका ३२१, पहिरोका ६०४, भारी वर्षा ४४२, चट्याङ ४०६ र सर्पदंशका ६०० घटना भएका छन्।
यसैगरी, वन डढेलो २७९, हुरी बतासका ४५१, जनावर आक्रमणका ५०४, लेक लागेका १२३ र हिउँपहिरोका पाँचवटा घटना भएका प्राधिकरणले जनाएको छ।
भूकम्पका सात, असिना, डुङ्गा पल्टेका दुई-दुई घटना हुँदा असिनासहित हुरी, शीतलहरका एक-एक घटना घटेका छन्।
यही चैत १० गते बिहानदेखि ११ गते बिहानसम्म २६ वटा विपद्मा घटना भएका प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। एकै दिन ९ जिल्लाका १३ स्थानमा आगलागीका घटना भएका र विपद्मा परी १० जना घाइते भएका छन्।-रासस
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
