नवनिर्वाचित युवा सांसदहरूले नयाँ पुस्ताको परिवर्तनको आकांक्षालाई सदनमा प्रमुख अजेण्डाका रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौँ— सिंहदरबारस्थित संसद् भवनमा आज प्रतिनिधिसभा सदस्यका रूपमा शपथ लिएपछि सांसद मनिष खनालले 'जेन–जी' (नयाँ पुस्ता)को विद्रोहको भावनालाई सदनको रोस्टमबाट जीवन्त राख्नु आफ्नो प्राथमिकता हुने बताएका छन्।
शपथसँगै आफ्नो संसदीय यात्रा शुरू भएको उल्लेख गर्दै २६ वर्षीय खनालले भने, “यो मेरो एक्लो पाइला होइन, प्रत्येक मतदाताको भरोसा र हजारौँ युवाहरूको आशाको सामूहिक यात्रा हो।”
गत भदौमा भएको 'जेन–जी' आन्दोलन र त्यसपछिको निर्वाचनपछि प्रतिनिधिसभामा युवा समूहको प्रतिनिधित्व बढेको छ। बिहीबारको शपथ ग्रहण समारोह केवल संवैधानिक प्रक्रिया मात्र नभई संसद्मा युवाहरूको बाहुल्य उपस्थिति र संसद्को गरिमा बढाउने अवसरका रूपमा देखिएको छ।
राजनीतिक यात्रा सुरु गरेको छोटो समयमै संसदीय यात्रा तय गरेका २६ वर्षीय सांसद केपी खनालले इमानदारीका साथ काम गर्ने प्रण गरे। उनले भने, “संसद्मा युवा उमेर समूहको उल्लेख्य प्रतिनिधित्व छ, त्यसैले हामी उत्साही छौँ र जिम्मेवारी पनि उत्तिकै महसुस भइरहेको छ। जनतालाई ‘डेलिभरी’ दिनु हाम्रो कर्तव्य हो। पारदर्शिता, इमानदारी र जबाफदेहिताका आधारमा काम गर्छौँ।”
उनी शपथ समारोहमा बुवाआमालाई साथमै लिएर आएका थिए। विगत १३ वर्षदेखि सामाजिक अभियानमा सक्रिय खनालले अब जनताको आवाज संसद्मा उठाउन तयार रहेको बताए। आफू कैलाली–२ बाट निर्वाचित भए पनि सुदूरपश्चिमको मात्र नभई देशभरका जनताको सेवकका रूपमा प्रस्तुत हुने प्रतिबद्धता उनले व्यक्त गरे।
त्यसैगरी २५ वर्षीया सांसद रुवीकुमारी ठाकुरले मधेसका युवा र महिलाका मुद्दा प्राथमिकताका साथ सदनमा उठाउने प्रण गरेकी छन्। मैथिली र नेपाली भाषामा शपथ लिएपछि उनले आफ्नो पुस्ताको परिवर्तनको आकांक्षा नै मुख्य अजेन्डा भएको बताइन्। सिभिल इन्जिनियरिङ अध्ययनरत उनले मधेशको बेरोजगारी र वैदेशिक रोजगारीका मुद्दालाई कानुनमार्फत सम्बोधन गर्ने आफ्नो योजना रहेको सुनाइन्।
अर्का युवा सांसद सस्मित पोखरेलले आफूले राजनीतिक र कानुनी छिद्रहरूको अध्ययन शुरू गरिसकेको बताए। त्यसका लागि नयाँ कानून निर्माण र आवश्यक संशोधनका लागि विशेषज्ञ टिम निर्माणमा गृहकार्य थालेको उनले उल्लेख गरे। “शपथपछि जिम्मेवारी अझ बढेको महसुस भएको छ। अब पाँच वर्षमा के गर्ने भन्ने कुरा स्पष्ट छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
