मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

मुस्ताङ एयरको 'नाइन एन–एएनओ' कलसाइन भएको हेलिकप्टर शुक्रबार दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहीन भएको छ, जसमा क्याप्टेनसहित ५ जना सवार छन्।

काठमाडौँ– मुस्ताङ एयरको हेलिकप्टर दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहीन भएको छ।

मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेले पाँच जना सवार उक्त हेलिकप्टर सम्पर्कविहीन भएको जानकारी दिए। क्याप्टेन सुरज थापाको कमान्डमा रहेको उक्त हेलिकप्टर अहिलेसम्म सम्पर्कमा नआएको प्रबन्ध निर्देशक लामिछानेले बताए।

दोलखाको लाप्चा क्षेत्र लाङ्टाङको दक्षिण–पूर्वमा पर्छ। क्याप्टेन थापाले उडाएको मुस्ताङ एयरको नाइन एन–एएनओ हेलिकप्टरमा चार यात्रु र चालकदलका एक जना रहेका छन्।