महान्यायाधिवक्ता सविता भण्डारी बरालद्वारा पदबाट राजीनामा

महान्यायाधिवक्ता सविता भण्डारी बरालले पदबाट राजीनामा दिएकी छन्।

काठमाडौँ– महान्यायाधिवक्ता सविता भण्डारी बरालले पदबाट राजीनामा दिएकी छन्। उनले नयाँ सरकार गठन भएसँगै आफ्नो पद राजीनामा दिएकी हुन्।

बराललाई गत भदौ २९ गते तत्कालीन अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा नियुक्त गरेका थिए। सरकारको मुख्य कानूनी सल्लाहकारका रूपमा रहने महान्यायाधिवक्ताले प्रधानमन्त्रीको बिदाइसँगै राजीनामा दिने प्रचलन रहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि उनले पदबाट राजीनामा दिएकी हुन्।