पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ

भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा शनिबार प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो।

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्।

भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा शनिबार प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो। पूर्वप्रधानमन्त्री ओलीलाई गुण्डुस्थित निवासबाट र पूर्वगृहमन्त्री लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरिएको हो।

पक्राउ गरिएका ओली र लेखक दुवैलाई प्रहरी परिसर भद्रकाली लगिएको प्रहरीले जनाएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्‍को पहिलो बैठकबाट सरकारले कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।