सिंहदरबारस्थित निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले सात जनालाई पक्राउ गरेको छ भने स्थिति नियन्त्रणमा लिन एक सेल अश्रुग्यास समेत प्रहार गरिएको छ।
काठमाडौँ— नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका सात प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सिंहदरबारस्थित निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए।
उनका अनुसार बबरमहलमा केही प्रदर्शनकारीहरूले टायर बालेर प्रदर्शन गरेका थिए। सोही क्रममा प्रहरीसँग घम्साघम्सी भएको थियो। प्रहरीको लाठी लागेर केही प्रदर्शनकारी घाइतेसमेत भएका छन्। त्यस क्रममा प्रदर्शनकारी उत्तेजित बन्न थालेपछि एक सेल अश्रुग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिइएको भट्टराईले बताए।
आज बिहान अध्यक्ष ओली पक्राउ परेपछि एमालेको निर्णयअनुसार कार्यकर्ताहरू प्रदर्शनमा निस्किएका थिए। काठमाडौँको माइतीघर, बबरमहल र सिंहदरबार दक्षिणढोका अगाडि एमालेका कार्यकर्ताले प्रदर्शन गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
