इनिशा विकको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न ढिलाइ भएको भन्दै शनिबार वीरेन्द्रनगरमा अधिकारकर्मी र अभियन्ताहरूले ‘डमी’ शवसहित सांकेतिक प्रदर्शन गरेका छन्।
सुर्खेत— सुर्खेतकी १६ वर्षीया इनिशा विकको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न ढिलाइ भएको भन्दै शनिबार वीरेन्द्रनगरमा अधिकारकर्मी र अभियन्ताहरूले सांकेतिक प्रदर्शन गरेका छन्। उनीहरूले इनिशाको ‘डमी’ शव बोकेर न्यायको माग गर्दै सडकमा प्रदर्शन गरेका हुन्।
महिला अधिकारकर्मी तथा सामाजिक अभियन्ता सावित्री सुवेदी र रञ्जना कामीसहितको उपस्थितिमा भएको प्रदर्शनमा सहभागीहरूले हातमा संविधान र आँखामा कालोपट्टी बाँधेका थिए। दोषीलाई कडा सजायको माग गर्दै उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डहरूसमेत प्रदर्शन गरे। इनिशाको हत्याको निष्पक्ष छानबिन हुनुपर्ने र निर्मला पन्त लगायतका बालिकाहरूले न्याय नपाएसम्म आन्दोलन सशक्त बनाउने उनीहरूको चेतावनी छ। अभियुक्तहरू पक्राउ परिसक्दा पनि कानूनी प्रक्रियामा ढिलाइ भएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरे।
फागुन २३ गते बिहान विद्यालयको प्रयोगात्मक क्रियाकलापका लागि घरबाट निस्किएकी इनिशा दुई घण्टापछि वीरेन्द्रनगर नजिकैको सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन्। अस्पताल पुर्याएलगत्तै उनलाई मृत घोषित गरिएको थियो। इनिशाको सामूहिक बलात्कारपछि हत्या गरिएको दाबी गर्दै परिवार र आफन्तले हालसम्म शव बुझ्न मानेका छैनन्। घटना भएको २३ दिनदेखि उनको शव कर्णाली प्रदेश अस्पतालको शवगृहमै रहेको छ।
प्रहरीले मुख्य अभियुक्तविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरेको छ भने अन्य तीन जनाविरुद्ध घटनास्थलमा उपस्थित भएर पनि पीडितलाई बचाउने प्रयास नगरेको आरोपमा मुद्दा चलाउन माग गरिएको छ। यद्यपि, परिवारले भने घटनाको वास्तविक पहिचान र विश्वसनीय वातावरण नभएसम्म शव नउठाउने अडान लिएको छ।
उषा बालवाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशाको घर गुर्भाकोट नगरपालिकाको बडाखाली हो। जिल्ला प्रहरी कार्यालय सुर्खेत र सीआईबीको टोलीले अनुसन्धान गरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेस गरिसकेको छ। इनिशालाई न्याय दिलाउन माग गर्दै हाल देशका विभिन्न स्थानमा प्रदर्शनहरू भइरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
