ढुंगेअड्डामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चन्द्रागिरि–१५ मा बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको छ।

काठमाडौँ— काठमाडौँको ढुंगेअड्डामा बसको ठक्करबाट आज एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डास्थित सडकमा लु १ ख ०३७२ नम्बरको बसले बा ८२ प ८०८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चन्द्रागिरि नगरपालिका–१२ बलम्बु घर भएका ४५ वर्षीय राम नगरकोटीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका नगरकोटीको उपचारका क्रममा शनिबार राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उसले बताएको छ।