नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई बुढानीलकण्ठबाट पक्राउ गरेको हो।
काठमाडाैँ– नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई आइतबार बिहान बुढानीलकण्ठबाट पक्राउ गरेको हो।
सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि खड्का पक्राउ परेका सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए। गत भदाै २४ मा भएको तोडफोड र आगजनीमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित खड्काको घरबाट पनि जलेका नेपाली तथा विदेशी नोटका तस्वीर-भिडियो बाहिरिएका थिए।
खड्का आफू ऊर्जामन्त्री हुँदा स्वार्थ बाझिने काम गरेकोबारे उकालोले रिपोर्टसमेत प्रकाशित गरेको थियो। यस्तै, नेपाल स्काउटको जग्गामा उनको कम्पनीले अवैध संरचना बनाएपछि पनि उनी विवादित थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
