नेकपाको संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत चयन भएका छन्।
काठमाडौँ— नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकले पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गरेको छ। आइतबार पेरिसडाँडामा बसेको बैठकले उनलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको नेकपा (माओवादी केन्द्र) का नेता रमेश मल्लले बताए।
“पार्टीको आज संसदीय दलको पहिलो बैठक बसेको हो। बैठकले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको छ। बैठकले दलको नेतालाई दिएको बधाई प्रस्ताव पनि सर्वसम्मत रूपमा पारित गरेको छ,” उनले भने। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपाको प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ गरी १७ सिट रहेको छ।
प्रचण्डले सरकारको १०० बुँदे कार्यसूची आफूले हालसम्म नहेरेको बताएका छन्। आइतबार पेरिसडाँडामा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले कार्यव्यस्तताका कारण उक्त कार्यसूची अध्ययन गर्न नभ्याएको उल्लेख गरे। “अरू कार्यव्यस्तताले गर्दा सरकारको १०० बुँदे कार्यसूची हेर्नै पाएको छैन। हेरेपछि भनौँला,” उनले भने।
साथै, उनले सम्पत्ति छानबिनको विषय आफूहरूले पहिल्यै उठाएको स्मरण गराउँदै प्रतिनिधिसभाको बैठकमै सबैको सम्पत्ति छानबिन हुनुपर्ने धारणा राखेको बताए। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउसम्बन्धी सञ्चारकर्मीको प्रश्नमा उनले कुनै पनि विषयमा राजनीतिक पूर्वाग्रह नराखी निष्पक्ष र स्वतन्त्र ढंगले अनुसन्धान हुनुपर्नेमा जोड दिए।
“सम्पत्ति छानबिनको कुरा हामीले भनेकै कुरा हो। पहिले नै प्रतिनिधिसभाको बैठकमा सबैको सम्पत्ति छानबिन होस् भनेर मैले भनेको थिएँ,” उनले थपे, “पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विषयमा कतै राजनीतिक पूर्वाग्रह नहोस्, निष्पक्षता कायम होस् र स्वतन्त्र ढंगले छानबिन होस् भन्ने कुरा हामीले भनिसकेका छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
