सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामुक्त गर्न माग गरिएको रिटमा आदेश जारी गर्न अस्वीकार गरेको छ भने सरकारसँग पक्राउको लिखित कारण माग गरेको छ।
काठमाडौँ— सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। न्यायाधीश कुमार रेग्मीको इजलासले लेखकलाई थुनामुक्त गर्न दायर गरिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको हो।
गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका बेला गृहमन्त्री रहेका लेखक शनिबार पक्राउ परेका थिए। उक्त आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिसका आधारमा उनलाई पक्राउ गरिएको हो। काठमाडौँ जिल्ला अदालतले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ।
लेखकलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी यशोदा लेखकले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। तर, सर्वोच्चले उनलाई तत्काल थुनामुक्त गर्न अस्वीकार गर्दै पक्राउ गर्नुको लिखित कारण भने माग गरेको छ। सोही प्रकरणमा जोडिएका तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका सन्दर्भमा भने अदालतबाट हालसम्म आदेश आएको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
