पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो कोशी र मधेश प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ /हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, आज राति कोशी प्रदेश लगायत देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ, पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।