कस्तो रहला आजको मौसम?

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

फाइल तस्वीर

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायु साथै स्थानीय वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ।  बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ।

गण्डकी प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग्सहित मध्यम वर्षा र हिमपात भइरहेको छ।

आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने पहाडी तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन वा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने विभागले जनाएको छ। बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।