कमाण्डो तालिमको दीक्षान्त समारोह सम्पन्न (तस्वीरहरू)

प्रशिक्षार्थीहरूले बाधापार, हतियार खोलजोड, होस्टेज रेस्क्यू, खाली हात लडाई र विस्फोटक सामग्री निस्तारणलगायत प्रदर्शनसमेत गरे।

काठमाडौँ– प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा ११औं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दीक्षान्त समारोह बुधबार सम्पन्न भएको छ।

null

समारोहमा तालिमको विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो भने तालिम सफल बनाउन योगदान दिने प्रशिक्षकहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित ‘आर्म ब्याज’ नमूना स्तम्भको अनावरण समेत गरे।

null

उनले प्रशिक्षार्थीहरूले तालिममा हासिल गरेको ज्ञान, सीप र साहस आन्तरिक सुरक्षा, विपद् तथा प्रकोप उद्धार, आतंकवाद नियन्त्रण र विशिष्ट व्यक्तिको सुरक्षा क्षेत्रमा उपयोगी हुने विश्वास व्यक्त गरे। साथै, कार्यक्षेत्रमा कानुनसम्मत, नैतिक र इमानदार सेवा प्रवाह गर्दै जनताको विश्वास जित्न निर्देशन दिए।

null

समारोहमा तालिम संयोजक प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले ९० कार्यदिन अवधिको तालिममा जम्मा ९३ प्रशिक्षार्थी (प्रहरी निरीक्षक ७, सहायक निरीक्षक १८, जवान ६८) सहभागी भएको जानकारी दिए। प्रशिक्षार्थीहरूले बाधापार, हतियार खोलजोड, होस्टेज रेस्क्यू, खाली हात लडाई र विस्फोटक सामग्री निस्तारणलगायत प्रदर्शनसमेत गरे।

null

समारोहमा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।nullnullnullnull