काठमाडौँ जिल्ला अदालतले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि व्यवसायी दीपक भट्टलाई १० दिन हिरासतमा राख्न अनुमति दिएको छ।
काठमाडौँ– काठमाडौँ जिल्ला अदालतले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि व्यवसायी दीपक भट्टलाई १० दिन हिरासतमा राख्न अनुमति दिएको छ। जिल्ला न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले बिहीबार यस्तो आदेश दिएको हो।
भट्टलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराएको थियो। विभागले अदालतमा पेश गरेकोमा भट्टमाथि थप अनुसन्धान आवश्यक देखिएको भन्दै अदालतले म्याद थप गरिदिएको हो।
भट्टमाथि बीमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुर गरी आर्जन गरेको सम्पत्ति धितोपत्र बजार तथा अन्य क्षेत्रमा लगानी गरेर अवैध स्रोत लुकाउने र स्वरूप बदल्ने कार्य गरेको अभियोग लागेको छ। विभागले उनलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ विपरीतको कार्य गरेको अभियोगमा नियन्त्रणमा लिएको हो। विभागले उनको थप बयान लिने, वित्तीय सूचना र प्रमाणहरू संकलन एवं विश्लेषण गर्ने कार्य बाँकी नै रहेको आधार देखाउँदै हिरासतमा राख्न माग गरेको थियो।
अदालतले सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा १७ को उपदफा (२) र (३) तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४६ को उपदफा (१) बमोजिम पहिलो पटकका लागि १० दिनको म्याद थप गरेको छ। भट्टका तर्फबाट वरिष्ठ अधिवक्ता शरदप्रसाद कोइराला र अधिवक्ता दिवस बस्यालले बहस गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
