धनुषाको लालगढमा सडक निर्माणमा अवरोध पुर्याई ठेकेदारसँग घुस लिँदै गर्दा सशस्त्र प्रहरी निरीक्षकलाई अख्तियारको टोलीले पक्राउ गरेको छ।
धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षकलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारी रहेका छन्।
अख्तियारको बर्दिवास कार्यालयका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण आयोजनाअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्य गरिरहेका एक ठेकेदारसँग घुस लिँदै गर्दा अधिकारीलाई शुक्रबार पक्राउ गरिएको हो। उनले विभिन्न बहानामा निर्माणमा प्रयोग हुने सवारीसाधन रोक्ने तथा काममा अनावश्यक बाधा पुर्याएको आरोप छ।
ठेकेदारसँग रकम मागेको सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई घुस रकमसहित रङ्गेहात नियन्त्रणमा लिएको हो। पक्राउ परेका अधिकारीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
