अहिले धेरै सहकारीहरू आपसी मिलेमतोमा सञ्चालन हुँदा समस्या आएको र नियमित कानुनी प्रक्रिया पूरा नगर्दा जोखिम बढेको कामपा सहकारी विभागका प्रमुख ध्रुवकुमार काफ्लेले बताए।
काठमाडौँ— काठमाडौँ महानगरपालिकाभित्र करिब १ हजार ९०० सहकारी सञ्चालनमा छन्। सञ्चालनमा रहेका सहकारीमध्ये ५० प्रतिशतले पनि नियमित रूपमा प्रतिवेदन बुझाउँदैनन्। नियमित रूपमा प्रतिवेदन नबुझाउने सहकारीको संख्या बढी हुनुले त्यस्ता संस्थामा समस्या रहेको संकेत गर्छ।
कामपा सहकारी विभागका अनुसार आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेका कुल सहकारीमध्ये ७२३ ले मात्रै नियमित रूपमा वार्षिक प्रतिवेदन बुझाउने गरेका छन्।
कामपा सहकारी विभागका प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार महानगरले यसअघि पटक-पटक वार्षिक प्रतिवेदन बुझाउन आग्रह गर्दै आएको छ। लामो समयसम्म विभिन्न बहानामा प्रतिवेदन नबुझाए कानूनी प्रक्रियामा जाने कामपाको तयारी छ।
काफ्लेले भने, "कतिपय सहकारी सम्पर्कमा नै आउँदैनन्, कतिपय कारबाहीमा परेकाले प्रतिवेदन बुझाउँदैनन्। कानुनविपरीत ऋण प्रवाह गरेका सहकारीले पनि प्रतिवेदन नबुझाउने अभ्यास छ। ती संस्थालाई तत्काल वार्षिक साधारणसभा सम्पन्न गरी लेखापरीक्षण प्रतिवेदन, साधारणसभाको निर्णय तथा वार्षिक प्रतिवेदन विभागमा बुझाउन यसअघि नै निर्देशन दिइसकेको छ।"
उनका अनुसार लामो समयदेखि प्रतिवेदन नबुझाएका सहकारीलाई खारेजीको प्रक्रियामा लैजाँदा बचतकर्ताको रकम अपचलन हुने जोखिम रहन्छ। त्यसैले महानगरले पहिले प्रतिवेदन माग गर्ने र त्यसपछि मात्र खारेजी प्रक्रिया अघि बढाउने भएको छ।
ब्याजको लोभमा साँवा गुम्ला !
कामपाले धेरै ब्याजको लोभमा साँवा गुम्नबाट बच्न बचतकर्ताहरूलाई आग्रह गरेको छ। विभागका प्रमुख काफ्लेका अनुसार बचत गरिसकेपछि पछुताउनुभन्दा बचत गर्नुअघि नै उक्त सहकारी नियमअनुसार सञ्चालन भएको छ कि छैन, लेखापरीक्षण नियमित गरिएको छ कि छैन, ब्याजदर स्वाभाविक छ कि छैन र संस्थाको वित्तीय पारदर्शिता कस्तो छ भन्ने बुझ्नुपर्छ। साथै नियामक निकायको निगरानी भए/नभएको जस्ता विषय बुझेर मात्र पैसा बचत गर्नुपर्छ।
उनले भने, "मेरो साथीको वा आफन्तले सञ्चालन गरेको सहकारी हो, सुझबुझबिना नै पैसा बचत गर्दा भइहाल्छ भन्ने मानसिकताबाट टाढा रहनुपर्छ, अन्यथा बचत डुब्न सक्छ।" अहिले धेरै सहकारीहरू आपसी मिलेमतोमा सञ्चालन हुँदा समस्या आएको र नियमित कानुनी प्रक्रिया पूरा नगर्दा जोखिम बढेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
