अबुधाबीको अब्जान क्षेत्रमा भएको घटनामा घाइते सात नेपालीमध्ये ६ जना उपचारपछि घर फर्किएका छन् भने गम्भीर घाइते एक जनाको अवस्था हाल खतरामुक्त रहेको छ।
काठमाडौँ— संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीस्थित अब्जान क्षेत्रमा भएको एक घटनामा घाइते भएका सात नेपालीमध्ये ६ जना उपचारपछि घर फर्किएका छन्। अबुधाबीस्थित नेपाली दूतावासका अनुसार सामान्य घाइते भएका उनीहरूलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ।
घटनामा गम्भीर घाइते भएका अर्का एक नेपालीको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दूतावासले अस्पतालमा उपचाररत ती व्यक्तिको अवस्था हाल खतरामुक्त रहेको र उनी चाँडै नै अस्पतालबाट डिस्चार्ज हुन सक्ने जानकारी टेलिफोनमार्फत गराएको जनाएको छ। दूतावासका प्रतिनिधिहरूले घाइते सबैसँग टेलिफोन सम्पर्क गर्नुका साथै चार जनालाई प्रत्यक्ष भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। घाइतेहरूको उपचार यूएई सरकारको समन्वयमा भइरहेको र दूतावासले आवश्यक सहयोगका लागि निरन्तर पहल गरिरहेको विज्ञप्तिमा उल्लेख छ।
यसैबीच, पश्चिम एशियामा विकसित पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै दूतावासले यूएईमा कार्यरत नेपाली नागरिकहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ। दूतावासले एक सूचना जारी गर्दै यूएई सरकारद्वारा समय-समयमा जारी हुने सुरक्षासम्बन्धी मार्गदर्शन र सूचनाहरूको पूर्ण पालना गर्न अनुरोध गरेको हो। साथै, सामाजिक सञ्जालमा आउने भ्रमपूर्ण समाचारको पछि नलागी आधिकारिक स्रोतबाट प्रकाशित सूचनामा मात्र विश्वास गर्न र सचेत रहनसमेत दूतावासले ध्यानाकर्षण गराएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
