एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका लागि केही दिन अस्पतालमै रहने भएका छन्।
काठमाडौँ— नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका लागि केही दिन अस्पतालमै रहने भएका छन्। जेनजी आन्दोलन घटनाको छानबिन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदनका आधारमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका उनी बिहीबार रिहा भएका हुन्। उनी पक्राउ परेदेखि नै अस्पतालमा उपचाररत थिए।
ओलीसँगै बिहीबार नै पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा भएका छन्। दुवैलाई हाजिरी जमानीमा रिहा गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए। “अनुसन्धानका क्रममा आवश्यक पर्दा उपस्थित हुने सर्तअनुसार रिहा गरिएको हो,” उनले भने, “सरकारी वकिलको कार्यालयबाट निर्णयसहितको पत्र प्राप्त भएपछि रिहा गर्ने प्रक्रिया अघि बढाइएको थियो।”
सर्वोच्च अदालतको आदेशअनुसार सरकारी वकिलको कार्यालयले कसैको जिम्मा लगाएर छाड्ने निर्णयसहित प्रहरीलाई पत्राचार गरेको थियो। न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले उनीहरू दुवैका परिवारले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै, थपिएको ५ दिनको म्याद सकिएपछि हिरासतमुक्त गर्न परमादेश दिएको थियो। सोमबार दुवैको ५ दिन म्याद थप भएको थियो।
इजलासले हिरासतमा राखेको कुरालाई कानून प्रतिकूल भन्न नमिल्ने उल्लेख गरे पनि म्याद थप भएको अवधिमा अनुसन्धान सम्पन्न गरेर मुद्दा चल्ने वा नचल्ने निर्णय गरी सोहीअनुसार गर्न आदेश दिएको थियो।
जेनजी आन्दोलनको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको जाँचबुझ आयोगले ओली र लेखकलाई मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ बमोजिम कारबाही गर्न सिफारिस गरेको थियो। आयोगको उक्त सिफारिसअनुसार चैत १४ गते बिहान ओली र लेखकलाई प्रहरीले पक्राउ गरेको थियो।
अध्यक्ष ओलीले सरकारले आफूलाई पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाएर १३ दिनसम्म गैरकानूनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेकाले अन्ततः आफू रिहा भएको उल्लेख गरेका छन्। सर्वोच्च अदालतको परमादेशबमोजिम रिहा भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले आफ्नो रिहाइका लागि आवाज उठाउने सबैलाई धन्यवाद दिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
