पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा सक्रिय गराएको भन्दै रास्वपाले गरेको सिफारिसका आधारमा प्रधानमन्त्री बालेन्द्र शाहले श्रममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन्।
काठमाडौँ— प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन्। प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सिफारिसअनुसार बिहीबार साहलाई पदबाट हटाउने निर्णय गरेका हुन्।
लामो समयदेखि निष्क्रिय अवस्थामा राखिएकी स्वास्थ्य बीमा बोर्डकी सदस्य तथा मन्त्री साहकी श्रीमतीलाई, साह मन्त्री भएपछि पदीय मर्यादाको दुरुपयोग गरी पुनः नियमित काममा सक्रिय गराएको भन्दै रास्वपाले बिहीबार नै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो।
बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने प्रतिवेदन पार्टीसमक्ष पेश गरेको थियो। रास्वपाले साहको यो गतिविधिबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउने निष्कर्ष निकालेको थियो। यसैका आधारमा प्रधानमन्त्री शाहले श्रममन्त्री साहलाई पदमुक्त गरेको प्रेसविज्ञ दीपा दाहालले जानकारी दिइन्।
रास्वपाले पार्टी विधानको धारा २५ (४) (क)ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउन नदिन जिम्मेवारी सुम्पेको र पदको दुरुपयोग भएको अवस्थामा विधानको धारा ६९ बमोजिम फिर्ता बोलाउन (राइट टु रिकल) सक्ने व्यवस्था भएकाले मन्त्री साहलाई जिम्मेवारीबाट अलग गर्न सिफारिस गरेको थियो।
साथै, पार्टीले यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गम्भीरता नदेखाएको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराउन प्रधानमन्त्री शाहसमक्ष सिफारिस गरेको थियो। त्यसका आधारमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई सचेत गराइसकेको जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
