मदन भण्डारी राजमार्गको सुनसरी-झापा खण्ड विस्तारका लागि चार जिल्लाका सरकारी तथा सामुदायिक वनका १३ हजार ८ सयभन्दा बढी रूख कटान गरिएको छ।
झापा— राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूखहरू कटान गरिएको छ।
मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका अनुसार सडक विस्तारको क्षेत्रमा पर्ने सुनसरी, मोरङ, झापा र इलामका सामुदायिक तथा सरकारी वनका गरी कुल १३ हजार ८३४ रूख काटिएका हुन्। राजमार्ग योजना कार्यालयकी इन्जिनियर स्वस्तिका भट्टराईले सडकको भोगाधिकारका लागि माग गरिएको ५०.८४३ हेक्टर क्षेत्रफलमा रहेका सबै रूख कटान भइसकेको जानकारी दिइन्।
सबैभन्दा बढी सुनसरीमा ५ हजार ५००, इलाममा ३ हजार ३६६, झापामा २ हजार ८०५ र मोरङमा २ हजार १६३ रूख काटिएको इन्जिनियर भट्टराईले जानकारी दिइन्। सडक रेखांकन भित्र पर्ने रूख काटिएसँगै हाल ती रूखहरूको घाटगद्दी गर्ने र नम्बरिङ गर्ने कार्यलाई तीव्रता दिइएको छ।
इन्जिनियर भट्टराईका अनुसार मोरङमा घाटगद्दी र नम्बरिङको काम पूरा भइसकेको छ, तर सम्बन्धित डिभिजन वन कार्यालयलाई हस्तान्तरण गर्न बाँकी छ। हाल सुनसरीको झण्डा चोकदेखि झापाको बाहुनडाँगीस्थित पाटापुरसम्मको १३५.२९ किलोमिटर सडकखण्ड निर्माणाधीन अवस्थामा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
