प्रतिनिधिसभाका विषयगत समिति गठन, को कुन समितिमा परे?

प्रतिनिधिसभाले शुक्रबार १० विषयगतसहित संसदीय सुनुवाइ र राज्यका निर्देशक सिद्धान्त अनुगमनसम्बन्धी संयुक्त समिति गठन गरी सदस्यको मनोनयनलाई अन्तिम रूप दिएको छ।

काठमाडौँ– प्रतिनिधिसभाअन्तर्गतका १० विषयगत र २ संयुक्त समितिहरू गठन भएका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गरेको समिति गठनको प्रस्तावलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो।

अर्थ समितिमा कृष्णकुमार कार्की, कृष्णहरि बुढाथोकी, खड्कबहादुर बुढा, खङ्ग शाही, जगदीश खरेल (दोलखा), ताराप्रसाद जोशी, देवराज पाठक, ध्रुवराज राई, नरेन्द्रकुमार केरुङ, नितिमा भण्डारी (कार्की), परशुराम तामाङ, पारशमणि गेलाल, पुष्पराज कँडेल, पुष्पाकुमारी चौधरी, विदुषी राणा, भरत गिरी, भरतप्रसाद पराजुली, राजेशकुमार चौधरी, रामबहादुर थापामगर, लिमा अधिकारी (आचार्य), विक्रम खनाल, सरिता महतो, सागर भुसाल, सुशान्त वैदिक, सुशील खड्का र सुशीला ढकाल आचार्य गरी २६ सदस्य रहेका छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा अनुष्का श्रेष्ठ, अभिषेकप्रताप शाह, अम्बिकादेवी सङ्ग्रौला, अर्जुनकुमार कार्की, उज्ज्वलकुमार झा, अङ्किता ठाकुर, गणेशबहादुर विश्वकर्मा, गङ्गा छन्त्याल, तौफिक अहमद खान, दीपकराज बोहरा, धनन्जय रेग्मी, प्रमेशकुमार हमाल, प्रशान्त उप्रेती, बब्लु गुप्ता, बिना गुरुङ, भूमिका लिम्बू सुब्बा, मिङ्मा ग्याबु शेर्पा, रेनुका काउचा, रुक्मिणीदेवी कोइराला, शिवशङ्कर यादव, श्रीधर पोखरेल, सन्तोष राजवंशी, सन्दीप राना, सुम्निमा उदास, सुरेन्द्र चौधरी र हरिप्रसाद भुसाललाई मनोनयन गरिएको छ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा अमरकान्त चौधरी, अरबिन्द साह, आनन्दबहादुर चन्द, एलिजा गुरुङ, कालिबहादुर सहकारी, कृपाराम राना, गङ्गादेवी श्रेष्ठ, चन्दनकुमार सिंह, टेकबहादुर गुरुङ, टेकबहादुर शाक्य, निराशा चौधरी डगौरा, प्रकाश पाठक, प्रकाशसिंह कार्की, प्रभा कार्की, बदनकुमार भण्डारी, बुद्धिप्रसाद पन्त, मनिष झा, मातृकाप्रसाद यादव, रन्जु न्यौपाने, लालविक्रम थापा, सिर्जना श्रेष्ठ, सूर्यबहादुर तामाङ, सोम शर्मा, हरिनादेवी कामी, हरिमोहन भण्डारी र क्षितिज थेबे सदस्य रहेका छन्।

कानून, न्याय तथा मानवअधिकार समितिमा कन्हैया बनिया, खिमा वि.क., गीता गुरुङ, नरेन्द्र साह कलवार, नीनु कुमारी कर्ण, प्रकाशचन्द्र परियार, बलावती शर्मा, भूमिका श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ, मधुकुमार चौलागाईं, मनमाया वि.क., मनिष खनाल, मोहनलाल आचार्य, यज्ञमणि न्यौपाने, रचना खतिवडा खत्री, रामविनोद यादव, समीक्षा बास्कोटा, सरस्वती लामा, साजिदा खातुन सिद्धिकी, सुलभ खरेल, सुशीलकुमार कानु, सुष्मा स्वर्णकार (डिम्पल), सुहाङ नेम्बाङ र स्मृति सेन्चुरीलाई चयन गरिएको छ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, आसिका तामाङ, उत्तमप्रसाद पौडेल, केपी खनाल, कोमल ज्ञवाली, खगेन्द्र कर्ण, गीताकुमारी सेन्दाङ, गङ्गालक्ष्मी अवाल, चन्देश्वर मण्डल, जनकसिंह धामी, जोगकुमार बरबरिया यादव, ताहिर अली भाट, पुनमकुमारी अग्रवाल, प्रमोदकुमार महतो, प्रेमबहादुर बयक, बसुमाया तामाङ, माधवबहादुर थापा, राजीव खत्री, लक्ष्मीप्रसाद पोखरेल, शम्भुप्रसाद ढकाल, सन्तोष सुब्बा, समिना मिया, सागर ढकाल, सुजाता तामाङ, सुरेशकुमार चौधरी र ज्ञानेन्द्रसिंह महता रहेका छन्।

पूर्वाधार विकास समितिमा आशा झा, आशिष गजुरेल, गोपाल शर्मा, जयपती रोकाया, तपेश्वर यादव, दीपककुमार साह (सुनसरी), धनेन्द्र कार्की, धनबहादुर बुढा, धर्मराज के.सी., निशा डाँगी, नीता घतानी, पूर्णप्रसाद लिम्बू, प्रकाश गौतम, प्रदीप विष्ट, बासना थापा, भरतकुमार स्वार, मञ्जु भुसाल, मो. फिरदोश आलम, यशोधा कुमारी, राजकिशोर महतो, राजुनाथ पाण्डे, राजेन्द्रकुमार राई, रामाकान्तप्रसाद चौरसिया, बोधनारायण श्रेष्ठ, श्रीराम न्यौपाने, सुनील के.सी. र सृष्टि भट्टराई सदस्य चयन भएका छन्।

महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, यशोदाकुमारी बराल, कुलभक्त शाक्य, खेमराज कोइराला, टीका सङ्ग्रौला, टुकाभद्रा हमाल, ठाकुरसिंह थारू, तारा विश्वकर्मा, दीपककुमार साह (महोत्तरी), नरेन्द्रकुमार गुप्ता, पवित्रा वि.क., पार्वती विक, प्रमिला कुलूजु, रजनी श्रेष्ठ, रत्नाकुमारी थापा, रीना उप्रेती, रीमा विश्वकर्मा, ललिता कुमारी, शाहजान खातुन, शोभा खनाल, सुनीता कुमारी चौधरी र ज्ञानु पौड्याललाई राखिएको छ।

राज्यव्यवस्था तथा सुशासन समितिमा अफ्साना बानु, अमरेशकुमार सिंह, अर्जुननरसिंह के.सी., कमल सुवेदी, करिष्मा कठरिया, कविन्द्र बुर्लाकोटी, गजाला शमीम मिकरानी, गणेश कार्की, निश्कल राई, पदमाकुमारी अर्याल, पुरुषोत्तम सुप्रभात यादव, पुष्पकमल दाहाल 'प्रचण्ड', विश्वराज पोखरेल, भीष्मराज आङ्देम्बे, मोहम्मद इश्तियाक राई, युवराज दुलाल, रमेश प्रसाईं, रवि लामिछाने, रविन्द्र पटेल, राम लामा, रुबिना आचार्य, रेखाकुमारी यादव, विष्णुमाया वि.क., श्रद्धा कुँवर क्षेत्री, हरि ढकाल, हर्कराज राई र ज्ञानबहादुर शाही रहेका छन्।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा अच्युत्तम लामिछाने, ओजश्वी शेरचन, कामिनी कुमारी, कुसुम महर्जन, खुस्बु सरकार श्रेष्ठ, गणेश पौडेल, गुरुप्रसाद बराल, चन्द्रमोहन यादव, जगतप्रसाद जोशी, जगदीश खरेल (ललितपुर), झविलाल डुम्रे, तोसीमा कार्की, पुकार बम, प्रभा ढकाल, प्रमिलाकुमारी गच्छदार, भीमकुमारी बुढामगर, महावीर पुन, रबिन महतो, रमेशकुमार मल्ल, रहवर अन्सारी, राजन गौतम, राधिका रम्तेल, रिगला यादव, डा. लेखजङ्ग थापा, विष्णुबहादुर खड्का, शम्भुकुमार यादव र सीता थपलिया सदस्य छन्।

सार्वजनिक लेखा समितिमा अमृता विक., आरेन राई, इन्दिरा राना मगर, ऐनबहादुर महर, कृपा महर्जन, क्रान्तिशिखा धिताल, खगेन्द्र सुनार, खुश्बु ओली, गणेश धिमाल, गणेश पराजुली, गणेशसिंह ठगुन्ना, गोविन्द पन्थी, जनकराज गिरी, प्रेमलाल चौधरी, वर्षमान पुन, बुद्धरत्न महर्जन, भरतबहादुर खड्का, महेन्द्रबहादुर शाही, मोहन आचार्य, यज्ञबहादुर बोगटी, योगेश गौचन थकाली, रमेशकुमार सापकोटा, रुकेश रन्जित, विक्रम थापा, विपिनकुमार आचार्य र सीताराम साहलाई मनोनयन गरिएको छ।

संयुक्त समितिहरू
बैठकले संघीय संसद्को संयुक्त समितिका रूपमा रहने संसदीय सुनुवाइ समिति पनि गठन गरेको छ। यसमा अर्जुननरसिंह केसी, कविन्द्र बुर्लाकोटी, गजाला शमीम मिकरानी, चन्दनकुमार सिंह, पद्माकुमारी अर्याल, बोधनारायण श्रेष्ठ, भीष्मराज आङ्देम्बे, मधु चौलागाईं, रञ्जु दर्शना, राजीव खत्री, डा. लेखजङ्ग कार्की र वर्षमान पुन रहेका छन्।

त्यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा अङ्किता ठाकुर, गणेश कार्की, गीता गुरुङ, जनकराज गिरी, नरेन्द्र चौधरी, पुष्पराज कँडेल, प्रकाशचन्द्र परियार, प्रमेशकुमार हमाल, रमेश प्रसाईं, डा. राम लामा, रीमा विश्वकर्मा र डा. सुशान्त वैद्य रहेका छन्।