लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।
काठमाडौँ- नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी र हिमाली भूभाग लगातय देशका हिमाली भूभागमा साधारणतया बादल र बाँकी पहाडी भूभागमा आंशिक बादल लागेको छ। तराईमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी प्रदेशका पहाडी र हिमाली भूभागलगातय देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। पहाडी भूभागमा तथा कोशी प्रदेशका तराईमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।
त्यस्तै, आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली भूभाग र कोशी र गण्डकी प्रदेशका पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
