नुवाकोटको बेलकोटगढीमा रुख काट्ने क्रममा सोही रुखले थिच्दा एक युवकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
नुवाकोट– नुवाकोटको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा आज एक जनाको मृत्यु भएको छ।
आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए।
सो घटनामा दुई जना घाइते भएका छन्। घाइते हुनेमा ३७ वर्षीय अरुण तामाङ र ३३ वर्षीय माधव भुजेल रहेका छन्। उनीहरूको त्रिशूली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेको अवस्था पनि गम्भीर रहेको बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
