सुदूरपश्चिमको मौलिक पर्व बिसु अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि भारत गएका नेपालीहरू यतिबेला धमाधम घर फर्किन थालेका छन्।
कैलाली– सुदूरपश्चिमवासीले मनाउने बिसु पर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएका सर्वसाधारण केही दिनयता धमाधम घर फर्कन थालेका छन्।
कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ रोजगारीका लागि भारतका विभिन्न सहर गएकाहरू पर्व नजिकिएसँगै नेपाल भित्रिने क्रम बढेको सीमास्थित सशस्त्र प्रहरी बल नेपाल चेक पोस्टले जनाएको छ। उक्त चेक पोस्टका अनुसार भारतका विभिन्न शहरबाट दिनहुँ एक हजारभन्दा बढी नेपाली भित्रिरहेका छन्। चाडपर्व नजिकिएकाले अहिले भारत जानेभन्दा पनि नेपाल फर्किनेको सङ्ख्या धेरै छ।
लामो समयदेखि दिल्लीको होटलमा काम गर्दै आएका डोटीको आदर्श गाउँपालिकाका डम्बरबहादुर खड्काले बिसु मनाउनकै लागि घर फर्केको बताए। “बिसु पर्व अर्थात् नयाँ सालमा परिवारका सदस्यहरूबीच एकसाथ भेटघाट हुने र मीठामीठा स्थानीय खानाका परिकार खाई रमाइलो गर्ने गरिन्छ,” खड्काले भने, “यसले घरबाहिर लामो समयसम्म एक्लो भएर बस्नुपरेको दुःख भुल्न सहयोग गर्छ।”
भारतको कानपुरमा रोजगारी गरी घर फर्कँदै गरेका कैलालीको ओलानीका हरि आउजीले पनि पारिवारिक भेटघाट तथा बिसु मनाउन घर फर्केको बताए। रोजगारीका लागि छिमेकी मुलुक भारत जाने सर्वसाधारण कोही छोटो समय त कोही लामो समयका लागि जाने गर्दछन्।
खेतीपाती भएकाहरू आफ्नो काम सम्पन्न गरी अन्नबाली नभित्रिउन्जेल भारतमा काम गर्न जाने र बाली भित्र्याउने समयमा घर आउने गर्छन्। खेतीपाती नहुनेहरू लामो समयको अन्तरालपछि विशेषगरी चाडपर्वकै बेला मात्र घर फर्कने गर्दछन्।
सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका अधिकांश मानिस रोजगारीका लागि भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, हरियाणा, बैङ्गलोरलगायत ठूला सहरमा जाने गर्दछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
