चैत २९ गते सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका प्रहरी निरीक्षक अभय लामाको उपचारका क्रममा ललितपुरस्थित बीएन्डबी अस्पतालमा मंगलबार मृत्यु भएको छ।
काठमाडौँ– ट्रकको ठक्करबाट गम्भीर घाइते भएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ३३ वर्षीय प्रहरी निरीक्षक अभय लामाको मृत्यु भएको छ।
रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ घर भएका लामा गत चैत २९ गते ट्रकको ठक्करबाट गम्भीर घाइते भएका थिए। लामाको ललितपुर ग्वार्कोस्थित ‘बीएन्डबी’ अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए।
मनाङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
त्यस्तै, मनाङको नासोँ गाउँपालिका–३ धारापानीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानी बगैँचाका अन्दाजी ३७ वर्षीय रामबहादुर गुरुङ रहेका छन्।
मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको सिमेन्ट बोकेर बेँसीसहरदेखि मनाङको कोतोतर्फ जाँदै गरेको बा प्र ०६००१ क ०४६१ नं ट्रक मंगलबार बिहान १० बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मृतक गुरुङको शव परीक्षणका लागि प्रदेश अस्पताल लमजुङ लगिएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
