राष्ट्रिय सतर्कता केन्द्रले कार्यालय समय पालना नगर्ने ६३२ कर्मचारीलाई कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ।
काठमाडौँ— राष्ट्रिय सतर्कता केन्द्रले ६३२ जना कर्मचारीलाई कारबाही गर्न सम्बन्धित कार्यालय प्रमुखलाई सिफारिस गरेको छ।
केन्द्रले विभिन्न कार्यालयमा छड्के अनुगमन गरी ती कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको केन्द्रका प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिए। ती कर्मचारीलाई निजामती सेवा ऐन, २०४९ को दफा ५५ अनुसार सम्बन्धित कार्यालयले चेतावनी पत्र दिने र सोको अभिलेख कार्यालयमा राखिने जनाइएको छ।
यसैगरी, ऐनमा दुई पटकसम्म चेतावनी पाइसकेका कर्मचारीलाई विभागीय कारबाही गर्ने व्यवस्था छ। उनले कार्यालय समय पालना नगर्ने कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरिएको बताए। केही कर्मचारीमाथि कारबाही भइसकेको जानकारी केन्द्रलाई प्राप्त भइसकेको पनि उनले बताए। केन्द्रले सेवा प्रवाह धेरै हुने कार्यालयहरूमा छड्के अनुगमन गरेको थियो।
त्यसैगरी केन्द्रले सातै प्रदेशका एक/एक जिल्लामा अनुगमन गरिरहेको छ। जनसम्पर्क धेरै हुने जिल्लाका कार्यालयमा केन्द्रले अनुगमन केन्द्रित गरेको हो। केन्द्रका प्रवक्ता भट्टले सरकारी कार्यालयहरूमा दैनिक रूपमा अनुगमन भइरहेको जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
