बर्ड फ्लुको उच्च जोखिम रहे पनि बाँकेको खुला सिमानाको फाइदा उठाउँदै अवैध रूपमा भारतीय कुखुरा र चल्ला नेपाल भित्र्याउने क्रम अझै जारी छ।
नेपालगञ्ज– हाल बर्ड फ्लुको जोखिम रहे पनि बाँकेको जमुनाह नाकाबाट अवैध रूपमा भारतीय कुखुरा ल्याउने क्रम रोकिएको छैन। जिल्ला प्रहरी कार्यालयले आज नेपालगञ्ज उपमहानगरपालिका–१६ बाट १०८ किलोग्रामका ३६ थान तयारी अवस्थामा रहेका कुखुरा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ती अवैध कुखुरा बरामद गरिएको जानकारी दिए। कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्नेबित्तिकै भाग्ने गरेकाले उनीहरूलाई पक्राउ गर्न नसकिएको उनले बताए। साइकल वा मोटरसाइकल प्रयोग गरी विभिन्न चोरबाटोबाट अवैध कुखुरा भित्र्याउने गरिएको उनको भनाइ छ।
पशु क्वारेन्टाइन कार्यालय, नेपालगञ्जका प्रमुख डा. हरेराम यादवले बर्ड फ्लुको जोखिम हुँदाहुँदै पनि अवैध रूपमा भारतीय कुखुरा भित्र्याउने कार्य बन्द हुन नसकेकामा चिन्ता व्यक्त गरे। “हामीले दैनिकजसो अवैध कुखुरा समातिरहेका छौँ, तर अझै पनि भित्रिने क्रम नरोकिनु आश्चर्यको विषय हो,” उनले भने।
खुला सिमाना र व्यापारीमा सचेतनाको कमीका कारण अवैध रूपमा कुखुरा ल्याइएको उल्लेख गर्दै डा. यादवले हालसम्म ३५ हजार तयारी कुखुरा नष्ट गरिएको जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्षमा मात्रै ६० हजार भारतीय अवैध चल्ला, ४०० किलो कुखुराको तयारी मासु र अण्डा नष्ट गरिएको छ।
प्रहरीको सहयोगमा पक्राउ गरिएका सबै अवैध कुखुरा, चल्ला, अण्डा र मासु नष्ट गरिएको पशु क्वारेन्टाइन कार्यालयले जनाएको छ। तराईका केही जिल्लामा बर्ड फ्लुको जोखिम बढ्दै गए पनि हालसम्म यस क्षेत्रमा सङ्क्रमण नदेखिएको प्रमुख डा. यादवले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
