बाराही ञँवालका नाइके प्रेम महर्जनका अनुसार रथारोहण सम्पन्न भएपछि तिथिअनुसार वैशाख ८ गते बेलुका रथ तान्ने कार्यक्रम रहेको छ।
ललितपुर– वर्षा र सहकालका देवताका रूपमा पूजाअर्चना गरिने रातो मच्छिन्द्रनाथको रथारोहण शनिबार हुने भएको छ। रातो मच्छिन्द्रनाथको जात्रालाई उपत्यकाकै सबैभन्दा महत्त्वपूर्ण र लामो समयसम्म चल्ने जात्राका रूपमा लिने गरिन्छ।
हाल पुल्चोकमा रथ निर्माण भइरहेको छ। रथ निर्माणसँग सम्बन्धित बाराही ञँवालका नाइके प्रेम महर्जनका अनुसार शनिबारसम्म रथ निर्माण सम्पन्न गरी पात्रोअनुसार बेलुकासम्म रथारोहण गरिनेछ। “परम्पराअनुसार रथ तयार भएपछि यसको टुप्पामा गजुर (ब्यामो) राखिन्छ, जुन रथ निर्माण सम्पन्न भएको सङ्केत हो,” उनले भने।
गजुर राखेपछि ललितपुरस्थित मच्छिन्द्रबहालबाट रातो मच्छिन्द्रनाथको मूर्ति पुल्चोक ल्याइनेछ। मूर्ति ल्याउने क्रममा गुरुज्यूको पल्टनसहित रातो मच्छिन्द्रनाथका पुजारी (पानेजु) हरूको सक्रिय सहभागिता रहन्छ। मच्छिन्द्रनाथको मूर्तिलाई विशेष पूजा गरी रथमा चढाइनेछ।
रथारोहण सम्पन्न भएपछि पात्रोको तिथिअनुसार वैशाख ८ गते बेलुका रथ तान्ने कार्यक्रम रहेको महर्जनले जानकारी दिए। उनका अनुसार सोही दिन रथलाई तानेर गाःबहाल पुर्याइनेछ।
रातो मच्छिन्द्रनाथ जात्रा उपत्यकाको सबैभन्दा लामो समयसम्म सञ्चालन हुने धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा परिचित छ। प्रत्येक वर्ष श्रद्धा र उत्साहका साथ मनाइने यस जात्राले स्थानीय समुदायमा विशेष महत्त्व राख्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
