मेडिकल काउन्सिलले बिरामीको भौतिक परीक्षण र प्रत्यक्ष मूल्यांकनबिना सामाजिक सञ्जालमार्फत औषधि सिफारिस गर्ने कार्य रोक्न चिकित्सकहरूलाई निर्देशन दिएको छ।
काठमाडौँ– नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षणबिना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ। काउन्सिलका रजिस्ट्रार डा. सतीशकुमार देवले टिकटक, इन्स्टाग्राम तथा फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत बिरामीको परीक्षणबिना औषधि सिफारिस गर्ने कार्य तुरुन्त बन्द गर्न निर्देशन दिएका छन्।
काउन्सिलले चिकित्सकलाई ‘अनलाइन परामर्श’का नाममा सामाजिक सञ्जालबाट स्वास्थ्यसम्बन्धी श्रव्यदृश्य सामग्री प्रसारण नगर्न आग्रह गरेको छ। काउन्सिलका रजिस्ट्रार डा. देवले चिकित्सकहरूले बिरामीसँग सम्बन्धित श्रव्यदृश्य सामग्री सार्वजनिक गर्ने, विभिन्न उपचारका लागि औषधि प्रयोग गर्न सुझाव दिने तथा औषधि सिफारिस गर्नेजस्ता कार्य सामाजिक सञ्जालबाट नगर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमा चिकित्सकका गैरजिम्मेवार र अवैज्ञानिक सूचना तथा सल्लाहले सर्वसाधारणलाई भ्रममा पार्नुका साथै गलत औषधि प्रयोगका कारण स्वास्थ्यमा गम्भीर क्षति पुग्ने सम्भावना उच्च हुन्छ। त्यसैले, चिकित्सकलाई त्यस्तो कार्य नगर्न काउन्सिलले अनुरोध गरेको छ।
रजिस्ट्रार डा. देवले स्वास्थ्य सेवा अत्यन्त संवेदनशील क्षेत्र भएकाले बिरामीको उचित परीक्षण, आवश्यक जाँच र चिकित्सकको प्रत्यक्ष मूल्याङ्कनबिना औषधि सेवन गर्न सुझाव दिनु र त्यस्तो सल्लाहले बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न हुन सक्ने, अनावश्यक जटिलता बढ्न सक्ने तथा दीर्घकालीन हानि पुग्न सक्ने बताएका छन्।
काउन्सिलले बिरामीलाई सामाजिक सञ्जालमा देखिएका अप्रमाणित सल्लाहका आधारमा औषधि प्रयोग नगरी योग्य तथा दर्ता प्राप्त चिकित्सकसँगको परामर्शमा मात्र औषधि लिन अनुरोध गरेको छ। साथै, काउन्सिलले बिरामीसँग सम्बन्धित श्रव्यदृश्य सामग्री सार्वजनिक नगर्न र गर्नैपर्ने अवस्था भएमा बिरामीको अनुहार तथा पहिचान नखुलाउन आग्रह गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
