इन्धन र निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धिका कारण पूर्वाधार विकास कार्यालय चितवनद्वारा सञ्चालित १२५ वटा ठेक्काको काम रोकिने अवस्थामा पुगेको छ।
चितवन– पूर्वाधार विकास कार्यालय चितवनद्वारा सञ्चालित १२५ वटा ठेक्काका काम रोकिने अवस्थामा पुगेका छन्। इन्धनसहित आवश्यक निर्माण सामग्रीमा भएको मूल्यवृद्धिका कारण ती ठेक्काको काम अघि बढाउन कठिनाइ भएको छ।
कार्यालय प्रमुख वीरेन्द्रकुमार चौधरीका अनुसार यस कार्यालयमा २६७ वटा आयोजना रहेकामा अहिले २१७ वटा ठेक्का सम्झौता भई सञ्चालनमा छन्। तीमध्ये १२५ वटा आयोजनाको काम रोकिने अवस्थामा आएको उनले बताए। सम्झौताका समयभन्दा अहिले इन्धनको मूल्यमा भएको वृद्धि र अलकत्रा (बिटुमिन) को अभावका कारण पूर्वाधार विकासका काम प्रभावित भएको उनको भनाइ छ।
प्रमुख चौधरीले भने, “निर्माण व्यवसायीहरूले ‘निर्माण होलिडे’ (तत्कालका लागि रोक्न मिल्ने प्रकृतिका आयोजनालाई रोक्ने प्रक्रिया)को माग गर्दै कार्यालयमा पत्र बुझाएका छन्।” इन्धनको मूल्य बढेपछि निर्माण सामग्रीमा समेत मूल्यवृद्धि हुँदा पूर्वाधार निर्माण प्रभावित बनेको उनले बताए।
कार्यालयका ५० वटा आयोजना उपभोक्ता समितिबाट हुनुपर्नेमा ती आयोजनाको काम पनि हुन सकेको छैन। कार्यालयले अहिले १९ वटा पुल र अन्य सडक आयोजना निर्माण गरिरहेको छ।
कार्यालय प्रमुख चौधरीले थपे, “यस्तै अवस्था रहे कार्यालयबाट शुरू गरिएका आयोजनामध्ये ५० देखि ६० प्रतिशत काम सम्पन्न हुन सक्ने अवस्था छैन।” ६७ करोड रुपैयाँको बजेटबाट विकास निर्माण गर्दै आएको कार्यालयले निर्माण व्यवसायीलाई सरकारको निर्णयअनुसार अघि बढ्न सूचित गरेको छ।
निर्माण व्यवसायी सङ्घ चितवनका महासचिव पुष्कर अधिकारीले अहिलेको अवस्थामा काम गर्न नसकिने बताए। उनले महँगी बढ्दै जाँदा काम गर्न असम्भव भएकाले सरकारले ‘निर्माण होलिडे’ वा बजेट समायोजनमार्फत सम्बोधन गर्नुपर्ने धारणा राखे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
