सरकारी कर्मचारीलाई १५ दिनमै तलब दिने तयारी

अर्थमन्त्रालयले सरकारी कर्मचारीलाई मासिक रूपमा दिइँदै आएको तलब सुविधा आगामी दिनमा महिनामा दुई पटक वितरण गर्ने तयारी गरेको छ।

फाइल तस्वीर

काठमाडौँ- अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन गर्ने निर्णय गरेको छ। अहिलेसम्म मासिक रूपमा दिइँदै आएको तलब सुविधा आगामी दिनमा अर्धमासिक (महिनामा दुई पटक) रूपमा वितरण गर्ने गरी तयारी गरेको हो।

मन्त्रालयबाट जारी पत्रअनुसार यो व्यवस्था कार्यान्वयनका लागि महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक तयारी गर्न निर्देशन दिइएको छ।

हालसम्म सरकारी कर्मचारीहरूले एकैपटक महिनाको अन्त्यमा तलब बुझ्दै आएका थिए। तर नयाँ प्रणाली लागू भएपछि अब महिनामा दुई चरणमा तलब पाउने व्यवस्था हुनेछ।