रास्वपाले भूपदेव शाहलाई महामन्त्रीमा मनोनीत गरेको छ भने लेबी व्यवस्थामा हेरफेर गरेको छ।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनीत भएका छन्। सोमबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले उनलाई महामन्त्रीमा मनोनीत गरेको हो।
बैठकले सचिवालय सदस्यमा सागर ढकाल र सरिता श्री ज्ञवालीलाई मनोनीत गरेको छ। त्यसैगरी, पार्टीको केन्द्रीय सल्लाहकार परिषद्मा जीवनप्रभा लामा, मोतीप्रसाद पङ्गाली, हरिप्रसाद पाण्डे र विष्णुहरि शर्मा नियुक्त भएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए।
बैठकले सङ्घीय नेतृत्व मञ्चमा तुलसीप्रसाद चौधरी, रामसिंह थारु, जीवन धामी, प्रेमा चौधरी, नवराज राणा र एकराज चौधरीलाई मनोनीत गरेको छ। सभापति रवि लामिछानेले पेस गरेको उक्त प्रस्तावलाई केन्द्रीय समितिले सर्वसम्मतिले अनुमोदन गरेको हो।
साथै, रास्वपाले पार्टीको लेबी व्यवस्थामा परिमार्जन गरेको छ। परिमार्जित व्यवस्थाअनुसार सांसदको १५ हजार, मन्त्रीको १८ हजार र स्वकीय सचिवको दुई हजार रुपैयाँ लेबी कायम गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
