मन्त्रिपरिषद् बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्नुका साथै विभिन्न विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ।
काठमाडौँ– सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा उक्त सिफारिस समिति गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए।
समितिमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य छन्।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्य तथा सदस्यहरूमा नवराज सिम्खडा र रोशनबहादुर शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री तिमिल्सिनाले बताए।
बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२’लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ।
त्यसैगरी, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७३’ र ‘मतदाता नामावली ऐन, २०७३’ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्ने निर्णय पनि बैठकले गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
