चर्को गर्मीसँगै तातो हावा (लु) चलेपछि सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ। यसबाट विशेषगरी बालबालिका, वृद्धवृद्धा, मजदुर र साना व्यवसायी बढी प्रभावित भएका छन्।
धनुषा– जनकपुरधामलगायत मधेश प्रदेशमा आज अत्यधिक गर्मी बढेको छ। यस प्रदेशमा सबैभन्दा बढी तापक्रम वीरगञ्जमा ३९ डिग्री सेल्सियस मापन गरिएको छ भने जनकपुरको तापक्रम ३८ डिग्री सेल्सियस पुगेको छ। यसले गर्दा जनजीवन नराम्ररी प्रभावित भएको जल तथा मौसम विज्ञान विभाग कार्यालय जनकपुरका प्रमुख राजिव झाले बताए।
उनका अनुसार चर्को गर्मीसँगै तातो हावा (लु) चलेपछि सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ। यसबाट विशेषगरी बालबालिका, वृद्धवृद्धा, मजदुर र साना व्यवसायी बढी प्रभावित भएका छन्।
गर्मीको प्रत्यक्ष असर श्रमिक, मजदुर र सडक व्यवसायीमा परेको छ। अत्यधिक गर्मी र तातो हावाका कारण दिनभर काम गर्न असहज भएको र ग्राहकको चहलपहल कम हुँदा उनीहरूको आम्दानीसमेत घटेको छ। सडक किनारमा ठेला वा पसल राख्ने व्यवसायी दिउँसोको चर्को घाममा बस्न सक्ने अवस्थामा छैनन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रमा अझै केही दिन तापक्रम उच्च रहने सम्भावना छ। यसले गर्दा तातो हावा (लु) चल्ने क्रम जारी रहनेछ।
स्वास्थ्यकर्मीले गर्मीबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्। पर्याप्त मात्रामा पानी पिउने, झोलिलो पदार्थ सेवन गर्ने, दिउँसो घरबाहिर ननिस्कने तथा हल्का र खुकुलो कपडा लगाउन चिकित्सकको सुझाव छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
