बराबरीमा सकियो नेपाल र यूएई बीचको टी–२० आई शृंखला

नेपालको जितसँगै दुई खेलको टी–२०आई सिरिज १-१ को बराबरीमा सकिएको हो।

बराबरीमा सकियो नेपाल र यूएई बीचको टी–२० आई शृंखला
नेपाल फोटो लाइब्रेरी

काठमाडौँ- यूएईविरुद्धको दोस्रो टी–२०आई खेलमा नेपाल ८ विकेटले विजयी भएको छ। मंगलबार  त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले नेपाललाई १२९ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य नेपालले १५ ओभर ५ बलमा २ विकेट गुमाएर भेट्टायो।


नेपालका लागि  कुशल भुर्तेलले सर्वाधिक ८४ रन बनाए । उनी ५७ बलमा ८४ रन बनाएर अविजित रहे। त्यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए भने कुशल मल्ल १९ रन बनाए। यूएईका मोहम्मद अरफान र निलंश केसवानीले समान एक-एक विकेट लिए।

पहिलो इनिङमा यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो। यूएईका अक्षदीप नाथले ५३ रन बनाए भने मोहम्मद अरफानले ३२ रन बनाए। नेपालका लागि सन्दीप लामिछानेले ३ र हेमन्त धामीले २ विकेट लिए।

त्यस्तै, नन्दन यादव र साहव आलमले समान १-१ विकेट लिए। नेपलाको जितसँगै दुईखेलको टी–२०आई सिरिज १-१ को बराबरीमा सकिएको हो। सोमबार भएको पहिलो खेलमा यूएई ६ विकेटले विजयी भएको थियो।