प्रहरीले गाँजा र गाडी दुवै नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको छ।
रौतहट– जिल्ला प्रहरी कार्यालय चितवनले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
भरतपुर महानगरपालिका वडा नम्बर २९, चौकी डाँडास्थित सडकखण्डमा भारतीय पिकअप गाडीमा लुकाएर लैजाँदै गरेको अवस्थामा प्रहरीले ९५ केजी ९६५ ग्राम गाँजा बरामद गरेको हो। गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बिहान करिब ०९ः३० बजे बीआर ०१ पीइ६९४३ नम्बरको भारतीय पिकअप गाडीलाई जाँच गरेको थियो।
जाँचका क्रममा गाडीको सिटमुनि ’फल्स बटम’ (फल्स क्याबिन) बनाएर लुकाइराखेको अवस्थामा ३० वटा प्याकेटमा उक्त गाँजा फेला परेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा चितवन कालिका नगरपालिका वडा नं. ०३, पदमपुर बस्ने २७ वर्षीय देवचन्द्र स्याङ्तानलाई पक्राउ गरिएको छ।
पक्राउ परेका स्याङ्तानले प्रति केजी ६ हजार रुपैयाँका दरले उक्त गाँजाको कुल मूल्य करिब ५ लाख ७५ हजार ७९० रुपैयाँ पर्ने बताएका छन्।
प्रहरीले गाँजा र गाडी दुवै नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
