व्यवसायी शेखर गोल्छा पक्राउ

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा उनलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

काठमाडाैँ– व्यवसायी तथा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमती लिइ बिहीबार उनलाई काठमाडाैँस्थित नक्सालबाट पक्राउ गरेको हो।

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा उनलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले बताए।

धितोपत्र बोर्डको प्रतिवेदनले विवादित व्यवसायी दीपक भट्टसँग गोल्छाले संकास्पद कारोबार गरेको देखाएको थियो। उनीमाथि थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।