प्रहरीले टिपरहरूलाई जाँच गर्दा चुनढुंगा भार क्षमताभन्दा बढी रहेको पाइएकाले नियन्त्रणमा लिएको जनाएको छ।
काठमाडौँ– मकवानपुरमा भार क्षमताभन्दा बढी सामान बोकेका (ओभर लोडेड) १३ वटा टिपरहरूलाई नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा शनिबार हेटौडा उपमहानगरपालि-१९ को नेवारपानीस्थित मनहरिबाट हेटौडा बजारतर्फ जाँदै गरेको १३ वटा टिपरहरूलाई फेला पारेको थियो।
प्रहरीले म.प्र.०३९००१ क २५९५, २, म.प्र.०३९००१ क २५८१, ३, बा.प्र.०३९००१ ख १२७३, बा.प्र.०३९००१ ख १२७२, ५, ना.८ ख ४३८२, ६, म.प्र.०३९००१ क २५९१, म.प्र.०३९००१ क २५८३, बा.प्र.०३९००१ ख १२७०, ना ८ ख ५०२९, १०, ना १ क ८७०१, ना.१ क ८६९८, ना १ क ८६९६, बा.प्र.०३९००१ ख ४६६२ नम्बरको टिपरहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले टिपरहरूलाई फेला पारी जाँच गर्दा चुनढुंगा भार क्षमताभन्दा बढी रहेको तथा केहीको विल नरहेकोले टिपरहरूलाई नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएको १३ वटा टिपरहरूलाई थप अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
