नेपाली कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन् भने आजै उनले प्रमाणपत्रसमेत बुझेका छन्।
काठमाडौँ– नेपाली कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार बसेको सांसदहरूको बैठकले आङ्देम्बेलाई निर्विरोध नेता चयन गरेको हो।
यसअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई दलको नेता बनाउने निर्णय गरेको थियो। बैठकमा सभापति गगनकुमार थापाले राखेको प्रस्तावलाई कार्यसम्पादन समितिले सर्वसम्मत पारित गरेको थियो।
संसदीय दलको नेता चयनका लागि पार्टीभित्र देखिएको आन्तरिक प्रतिस्पर्धालाई व्यवस्थापन गर्न उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा दुवै महामन्त्री सम्मिलित एक सहमति जुटाउने समिति गठन गरिएको थियो। सो समितिको गृहकार्य र कार्यसम्पादन समितिको निर्णयपछि दलको बैठकबाट आङ्देम्बेको नाम औपचारिक रूपमा अनुमोदन भएको हो।
विसं २०६४ को संविधानसभा निर्वाचनपछि कांग्रेसले संसदीय दलको नेता सर्वसम्मत चयन गर्न सकेको थिएन। लामो समयपछि यसपटक पार्टीभित्रको एकता प्रदर्शन गर्दै सर्वसम्मतिको बाटो अपनाइएको हो।
पाँचथरका ६१ वर्षीय आङ्देम्बे समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद हुन्। उनी कांग्रेसका निवर्तमान सहमहामन्त्रीसमेत हुन्। नेता चयन भएलगत्तै सभापति गगन थापाले उनलाई संसदीय दलको नेताको औपचारिक प्रमाणपत्र हस्तान्तरण गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
