सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त

सरकारले सशस्त्र प्रहरी बल, नेपालको महानिरीक्षकमा सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ।

काठमाडौँ– सरकारले सशस्त्र प्रहरी बल, नेपालको महानिरीक्षक (आईजीपी) पदमा अतिरिक्त प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो।

सशस्त्र प्रहरीका वर्तमान महानिरीक्षक राजु अर्यालले चार वर्षे कार्यकाल पूरा गरी यही वैशाख १८ गते अनिवार्य अवकाश पाउँदै छन्।

बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यावसायिक कारोबार गर्न सक्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने र सो सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको जानकारी दिए।

त्यस्तै, बैठकले 'भन्सार नियमावली, २०८३' स्वीकृत गर्ने निर्णय पनि गरेको छ।