संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा विधेयकको प्रारम्भिक मस्यौदामाथि हालसम्म ३ हजार ५ सयभन्दा बढी राय, सुझाव तथा पृष्ठपोषण प्राप्त भएको जनाएको छ।
काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा विधेयकको प्रारम्भिक मस्यौदामाथि हालसम्म ३ हजार ५ सयभन्दा बढी राय, सुझाव तथा पृष्ठपोषण प्राप्त भएको जनाएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार एक सूचना जारी गरी विधेयकको प्रारम्भिक मस्यौदामाथि राय, सुझाव प्राप्त भइरहेको जानकारी गराएको हो।
मन्त्रालयले संघीय शासन प्रणालीलाई सुदृढ र संस्थागत बनाउने उद्देश्यसहित तर्जुमा गरिरहेको उक्त विधेयकको प्रारम्भिक मस्यौदा मिति २०८३ वैशाख ११ गते मन्त्रालयको आधिकारिक वेबसाइटमा सार्वजनिक गरेको थियो।
सरोकारवाला निकाय, राष्ट्रसेवक कर्मचारी तथा आम नागरिकबाट प्राप्त सुझावहरू उत्साहजनक रहेको मन्त्रालयले जनाएको छ। यसका अतिरिक्त विभिन्न सामाजिक सञ्जालमा व्यक्त भएका प्रतिक्रिया तथा सुझावहरू समेत संकलन र विश्लेषण भइरहेको बताइएको छ।
विधेयकलाई थप प्रभावकारी बनाउन मन्त्रालयले प्रशासन सुधार महाशाखा प्रमुखको संयोजकत्वमा एक कार्यसमूह गठन गरी प्राप्त सुझावहरूको व्यवस्थित संकलन, अध्ययन तथा विश्लेषण गरिरहेको जनाएको छ।
मन्त्रालयका अनुसार सार्वजनिक गरिएको मस्यौदा प्रारम्भिक चरणको भएकाले यसमा सुधारका धेरै क्षेत्र रहेको स्वीकार गरिएको छ। अन्तिम रूप दिनुअघि सरोकारवालाबाट प्राप्त सुझावहरू अध्ययन गरी उपयुक्तता र औचित्यका आधारमा समावेश गरिने विश्वास दिलाइएको छ। मन्त्रालयले यसअघि इमेलमार्फत तथा व्हाट्सएप मार्फत समेत राय, सुझाव तथा पृष्ठपोषण पठाउन सकिने जनाएको छ।
मन्त्रालयले सम्बन्धित सबै पक्षलाई सक्रिय सहभागिताका लागि अनुरोध गर्दै विधेयकलाई थप प्रभावकारी र व्यवहारिक बनाउन सहयोग गर्न आग्रह गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
