रामेछापको गोकुलगंगा गाउँपालिकाले आइतबार सार्वजनिक बिदा नदिने निर्णय गरेको छ।
काठमाडौँ- रामेछापको गोकुलगंगा गाउँपालिकाले आइतबार सार्वजनिक बिदा नदिने निर्णय गरेको छ। संघीय सरकारले गरेको आइतबार बिदा दिने निर्णयलाई अव्यवहारिक ठहर गर्दै गाउँपालिकाले आइतबार पनि कार्यालय तथा विद्यालयहरू नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो।
गाउँ कार्यपालिकाको वैशाख १५ गतेको निर्णयअनुसार गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाहरूमा वैशाख १६ गतेदेखि आइतबारसमेत सेवा सञ्चालन हुने जनाइएको छ। कार्यालयहरू बिहान १० बजेदेखि नियमित रूपमा सञ्चालन गरिनेछ।
गाउँपालिकाले जारी गरेको सूचनामा हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरूको वार्षिक पाठ्य घण्टा पूरा नहुने र शैक्षिक गुणस्तरमा प्रत्यक्ष असर पर्ने उल्लेख गरिएको छ। साथै, गाउँपालिकाको भौगोलिक अवस्था र न्यून इन्धन खपतका कारण इन्धन बचतको उद्देश्य यहाँ सान्दर्भिक नदेखिएको स्पष्ट पारिएको छ।
त्यस्तै, स्वास्थ्य संस्थाहरू आइतबार बन्द हुँदा दुर्गम क्षेत्रका बिरामीहरू उपचारबाट वञ्चित हुने र आकस्मिक सेवा प्रभावित हुने भएकाले सेवा निरन्तरता आवश्यक रहेको जनाइएको छ। जनसेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउन पनि आइतबार कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।
सूचना अनुसार गाउँपालिका तथा वडा कार्यालयहरू बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म, विद्यालयहरू बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र शुक्रबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
