आईसीसी विश्वकप लिग–२ : नेपाल आज यूएईसँग प्रतिस्पर्धा गर्दै

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, यूएई र ओमानबीच जारी एक दिवसीय शृंखलामा नेपालले आज आफ्नो तेस्रो खेल यूएईसँग खेल्दैछ।

आईसीसी विश्वकप लिग–२ : नेपाल आज यूएईसँग प्रतिस्पर्धा गर्दै
तस्वीर: नेपाल क्रिकेट संघ

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, यूएई र ओमानबीच जारी एक दिवसीय शृंखलामा नेपालले आज आफ्नो तेस्रो खेल खेल्दैछ। नेपालले आजको खेलमा यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल बिहान साढे ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुरू हुनेछ। 

यसअघि आफ्नो पहिलो खेलमा नेपालले यूएईलाई पराजित गर्दै शृंखलामा सुखद शुरूआत गरेको थियो। नेपालले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण दुई अंक हात पारेको थियो। वर्षाले प्रभावित दोस्रो खेलमा भने नेपाल ओमानसँग पराजित भएको थियो।  आजको खेलमा यूएईलाई हराएर नेपाल सिरिजमा दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ।


लिग–२ को अंकतालिकामा नेपाल २२ खेलबाट १४ अंक जोडेर सातौँ स्थानमा रहेको छ। यूएई भने २२ खेलमा १२ अंकसहित आठौँ स्थानमा रहेको छ। नेपालका लागि शीर्ष टोलीहरूसँगको प्रतिस्पर्धामा स्थान सुधार गर्न अबका खेल निकै महत्वपूर्ण मानिएको छ।