कर्णाली प्रदेश सरकारले हालसम्म ३०२ दशमलव ८४ किलोमिटर सडक कालोपत्र तथा पक्की गरेको छ।
काँक्रेविहार (सुर्खेत)– कर्णाली प्रदेश सरकारले हालसम्म ३०२ दशमलव ८४ किलोमिटर सडक कालोपत्र तथा पक्की गरेको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म ३०२ दशमलव ८४ किमी सडक कालोपत्र गरिएको हो।
आर्थिक वर्ष २०८०/८१ सम्म २४९ दशमलव ५८ किमी सडक कालोपत्र तथा पक्की गरिएको थियो। चालु आवको चैत मसान्तभित्र ५३ दशमलव २६ किमी सडक थप निर्माण भएको हो। चालु आवमा १६१ किमी कालोपत्र, पक्की र पेभमेन्ट गर्ने लक्ष्य राखिएकामा चैत मसान्तसम्म ५३ दशमलव २६ किमीमा काम सम्पन्न भएको मन्त्रालयका वरिष्ठ डिभिजनल इन्जिनियर रमेश सुवेदीले जानकारी दिए।
हुम्लामा कुनै पनि सडक कालोपत्र नभएको उनले बताए। "कर्णालीका १० जिल्लामा ७७४ दशमलव ७१ किमी सडक ग्राभेल भएको छ। आव २०८०/८१ सम्म ७१३ दशमलव ६५ किमी ग्राभेल गरिएकामा चालु आवको चैत मसान्तसम्म ६१ दशमलव शून्य ६ किमीमा ग्राभेल भएको छ। चालु आवमा १३९ दशमलव ७० किमी सडक ग्राभेल गर्ने लक्ष्य छ", उनले भने।
आव २०८०/८१ सम्म कच्ची सडक ३ हजार २७६ दशमलव ४४ किमी निर्माण भएकामा चालु आवको नौ महिनामा ११३ दशमलव ९८ किमी थप भएको इन्जिनियर सुवेदीले जानकारी दिए। उनका अनुसार हालसम्म ३ हजार २७६ दशमलव ४४ किमीमा ट्याक खोलिएको छ भने अन्य सडक स्तरोन्नति, नाला निर्माण, ग्याबिन र टेवा पर्खाल गरेर ७५४ दशमलव ५९ किमी सडकमा काम भएको छ।
कहाँ कति पुल निर्माण भए?
मन्त्रालयले हालसम्म १५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको जनाएको छ। आव २०८०/८१ सम्म १२५ झोलुङ्गे पुल निर्माण भएकामा चालु आवको नौ महिनामा २६ वटा निर्माण भएका छन्। सुर्खेतमा चार, दैलेखमा सात, रुकुम पश्चिममा एक, जाजरकोटमा एक, डोल्पामा चार, जुम्लामा चार, मुगुमा दुई र कालिकोटमा तीन वटा झोलुङ्गे पुल निर्माण भएको सुवेदीले जानकारी दिए।
उनका अनुसार चालु आवको हालसम्म नौ वटा सडक पुल, सात वटा सार्वजनिक भवन र जनता आवास (सङ्घ) तर्फ ३८ वटा घर निर्माण भएका छन्। "जनता आवास प्रदेशतर्फ हालसम्म ७३६ वटा आवास निर्माण भएका छन्। चालु आवको नौ महिनामा ३० वटा निर्माण भएका छन्। विपन्नको घर कार्यक्रमअन्तर्गत चालु आवको हालसम्म ३२ वटा निर्माण भएका छन्", इन्जिनियर सुवेदीले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
