पुनर्वास नगरपालिका–७ स्थित न्यु जनता इँटा उद्योगमा ट्याक्टर अनियन्त्रित भई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
कञ्चनपुर— पुनर्वास नगरपालिका–७ स्थित एक इँटा उद्योगमा ट्याक्टर अनियन्त्रित भई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार गएराति न्यु जनता इँटा उद्योगमा कार्यरत मजदुरहरू काँचो इँटाको चट्टामाथि सुतिरहेको अवस्थामा पानी छर्किन प्रयोग गरिने से १ त ८८७६ नम्बरको ट्याक्टर अनियन्त्रित भई उनीहरू सुतेको चट्टामा ठोक्किएको थियो।
सो क्रममा भारतको उत्तर प्रदेश, बहराइच जिल्ला बस्ने २७ वर्षीय अजय कुमार गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरे। त्यसैगरी ९ वर्षीय पवन कुमारको पनि उपचारका क्रममा नवजीवन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै मृतकको शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका ११ वर्षीय बालक घुर्रा कुमारको सोही अस्पतालमा उपचार भइरहेको छ। घटनापछि ट्याक्टर र पानी छर्किने ट्याङ्कर इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले नियन्त्रणमा लिएको छ। ट्याक्टर चालक भने फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
