रोल्पाको जलजलामा भएको जिप दुर्घटनामा ज्यान गुमाएका रुकुम पूर्वका एकै परिवारका छ सदस्यको सानीभेरी नदी किनारमा अन्त्येष्टि गरिएको छ।
त्रिवेणी (रुकुम पश्चिम)– गत बिहीबार रोल्पाको थबाङ गाउँपालिकास्थित जलजलामा भएको जिप दुर्घटनामा परी मृत्यु भएका रुकुम पूर्वका एकै घरका ६ जनाको सामूहिक दाहसंस्कार गरिएको छ। सोमबार धाउने बगरस्थित सानीभेरी नदी किनारामा उनीहरूको सामूहिक दाहसंस्कार गरिएको हो।
दुर्घटनामा परी मृत्यु हुने सिस्ने गाउँपालिका–६ टाकुराकी २८ वर्षीया युवा बुढाथोकी, उनका छोरा १० वर्षीय दिव्यान बुढाथोकी, ५३ वर्षीया सासू तिलकुमारी बुढाथोकी, ३२ वर्षीय देवर गोर्खबहादुर बुढाथोकी, ४० वर्षीया कान्छी सासू ओमकुमारी बुढाथोकी र ओमकुमारीका १३ वर्षीय छोरा सुदीप बुढाथोकीको दाहसंस्कार गरिएको छ।
युवाका श्रीमान् दीपक बुढाथोकी अमेरिकाबाट घर पुगेपछि सोमबार अन्त्येष्टि गरिएको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिए।
पूर्णिमाका दिन रोल्पाको जलजलामा लाग्ने पूजामा सहभागी हुन रुकुम पूर्वको रुकुमकोटबाट बुढाथोकी परिवारका सदस्यहरू त्यसतर्फ गएका थिए। तर जलजला नपुग्दै गाडी दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा परी २० जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए। मृतकहरूमध्ये १४ जनाको गत शनिबार नै दाहसंस्कार गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
